National life

विद्युत् पूर्वाधार सुधारका लागि भ्याट लगाइएको प्रधानमन्त्रीको स्पष्टोक्ति

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१७ जेठ २०८३, आइतबार
1.5kShares
विद्युत् पूर्वाधार सुधारका लागि भ्याट लगाइएको प्रधानमन्त्रीको स्पष्टोक्ति
ncell

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विद्युत् पूर्वाधार सुधार तथा विस्तारका लागि नै विद्युत् उपभोगमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको स्पष्ट पारेका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले विद्युत् शुल्कमा गरिएको कर वृद्धि सम्बन्धमा उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले सो करबाट संकलित रकम विद्युत् प्रणाली सुधारमा प्रयोग गरिने बताए।

उनका अनुसार ट्रान्सफर्मर, प्रसारण लाइन र सबस्टेसनको क्षमता विस्तार तथा आधुनिकीकरणका लागि ठूलो लगानी आवश्यक भएकाले यस्तो व्यवस्था गरिएको हो। उनले प्रत्यक्ष रूपमा सामान्य उपभोक्तामा पर्ने भार न्यून रहेको उल्लेख गर्दै दीर्घकालीन रूपमा विद्युत् सेवा सुधारमा यो आवश्यक कदम भएको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्री शाहले विद्युत् पूर्वाधार कमजोर रहँदा पूर्ण रूपमा विद्युतीय प्रणालीमा जान नसकिने भन्दै पूर्वाधार सुधारपछि मात्र विद्युतीय युगतर्फ अघि बढ्न सकिने धारणा राखे।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?