National life

छानबिनपछि ‘क्लिनचिट’ पाएका गुरुङ पुनः गृहमै, पुन बने प्रविधि मन्त्री

यसअघि पनि गृहमन्त्री रहेका गुरुङ सम्पत्ति विवरणसम्बन्धी विवादपछि पदबाट बाहिरिएका थिए

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२६ जेठ २०८३, मङ्गलबार
1.4kShares
छानबिनपछि ‘क्लिनचिट’ पाएका गुरुङ पुनः गृहमै, पुन बने प्रविधि मन्त्री
ncell

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्रीलाई जिम्मेवारी दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोजित समारोहमा सुधन गुरुङले गृहमन्त्री र महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रूपमा शपथ लिएका छन् ।

शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्षसहित विभिन्न मन्त्री र सांसदहरूको उपस्थिति रहेको थियो ।

यसअघि पनि गृहमन्त्री रहेका गुरुङ सम्पत्ति विवरणसम्बन्धी विवादपछि पदबाट बाहिरिएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर, सरकारी छानबिन समितिले निर्दोष ठहर गरेपछि उनी पुनः सोही मन्त्रालयमा फर्किएका हुन् ।

त्यस्तै, महावीर पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका व्यक्ति हुन् । उनले फागुन २१ को निर्वाचनअघि मन्त्री पदबाट राजीनामा दिएर चुनावमा सहभागिता जनाएका थिए ।

गुरुङ गोरखा–१ बाट रास्वपाका तर्फबाट निर्वाचित सांसद हुन् भने पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका सांसद हुन् ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?