काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुनलाई प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारीका लागि मन्त्रीमा नियुक्त गर्न सिफारिस गरेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार पुनको शपथ मंगलबार दिउँसो ३ बजे हुने तयारी गरिएको छ ।
म्याग्दीबाट स्वतन्त्र सांसदका रूपमा निर्वाचित पुन यसअघि सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षामन्त्रीको जिम्मेवारीमा रहेका थिए ।
यसैबीच, प्रधानमन्त्री शाहले गृह मन्त्रालयको जिम्मेवारीमा पनि परिवर्तन गर्दै सुधन गुरुङलाई पुनः गृहमन्त्री बनाउने निर्णय गरेका छन् ।
यसअघि प्रधानमन्त्री आफैंले गृह तथा विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए, तर नयाँ निर्णयसँगै ती मन्त्रालयहरूमा मन्त्री नियुक्त गरिएको छ ।


































