काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले ‘प्रधानमन्त्री दैवी उद्धार कोष’ मा हालसम्म ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको जानकारी दिएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनका लागि कोषमा रहेको रकम तथा हालसम्म भएको निकासासम्बन्धी विवरण सार्वजनिक गरेका हुन् ।
प्रधानमन्त्रीका अनुसार सरकारले विपद् व्यवस्थापन तथा राहत कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नाममा १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ ।
प्राधिकरणलाई निकासा गरिएको उक्त रकममध्ये हालसम्म १५ वटा पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ वितरण भइसकेको उनले बताए ।
प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री शाहले विपद्को समयमा उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गर्दै नागरिकको जिउधनको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।


































