National life

हिमालयन र नबिल बैंकले मेवाखोला जलविद्युत आयोजनामा साढे ३ अर्ब लगानी

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२० असार २०८०, बुधबार
1.1kShares
हिमालयन र नबिल बैंकले मेवाखोला जलविद्युत आयोजनामा साढे ३ अर्ब लगानी
ncell

काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडले बनाउन लागेको २३ मेगावाटको मेवाखोला जलविद्युत आयोजनालाई लगानी जुटेको छ।

लक्ष्मी बैंकको अगुवाइमा नबिल बैंक र हिमालयन बैंकले ३ अर्ब ५२ करोड रुपैयाँ ऋण लगानी हुने भएको छ। १ अर्ब १८ करोड रुपैयाँ प्रवद्र्धकले स्वपुँजी (इक्विटी) लगानी गर्ने छन्। आयोजनामा लक्ष्मीले १ अर्ब ५२ करोड, नबिल र हिमालयनले १ १ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका हुन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आयोजनामा ७५ प्रतिशत बैंकको ऋण र २५ प्रतिशत इक्विटी हुने गरी लगानी संरचना तयार पारिएको छ। मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रवद्र्धक युनियन मेवा र लगानीकर्ता बैंकहरूबीच ऋण लगानी सम्झौता भएको छ।

लगानी सम्बन्धी सम्झौतामा कम्पनीका अध्यक्ष किरण मल्ल र अगुवा लक्ष्मी बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमित भट्टराईले हस्ताक्षर गरेका छन्। यसअघि, नबिल बैंकका पुष्कर भट्टराई र हिमालयन बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका थिए।आयोजना २०८२ पुस १४ गते सम्पन्न गर्ने लक्ष्य युनियन मेवाको छ।

हस्ताक्षर कार्यक्रममा कम्पनीका अध्यक्ष मल्लले समय र बजेटभित्र आयोजनाको काम पूरा गरेर विद्युत उत्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। प्रतिकूल परिस्थितिमा पनि जलविद्युतमा लगानी गर्न बैंकहरू पछि नपरेको उनको भनाइ छ।

नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता ९पिपिए० भएको छ। जसअनुसार आयोजनाबाट वाषिक १३ करोड ६७ लाख ९० हजार युनिट विद्युत उत्पादन हुनेछ। पहिलो वर्ष करिब ८१ करोड रुपैयाँ आम्दानी हुने कम्पनीले जानकारी दिएको छ।

आयोजनाबाट उत्पादित विद्युत विद्युतगृहदेखि करिब ५ किलोमिटर दूरीसम्म १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत निर्माणाधीन १३२र२२० केभी सबस्टेसनमा जोडिनेछ।

आयोजना कोशी प्रदेश ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपालिका–५ स्थित खेस्तेम्बे बाँध निर्माण गरी १ हजार ५ सय ३६ मिटर पेनस्टक पाइपमार्फत सोही गाउँपालिकाको छेरेक्मामा निर्माण हुने सतही विद्युतगृहमा खसालिनेछ।

अहिलेसम्म आयोजना निर्माणस्थलसम्म निर्माण गर्नुपर्ने १३ किलोमिटर पहुँचमार्ग मध्ये ११।५ किलोमिटर सम्पन्न भइसकेको हेडवक्र्स र विद्युतगृहमा आवास निर्माण भइसकेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार ८ सय ९३ मिटर ग्रसहेड रहेको आयोजनाको डिजाइन डिस्चार्ज ३।१५ क्यूसेक रहेको छ। कम्पनीको सञ्चालकहरूमा अध्यक्ष मल्लसहित वृन्दावनमान प्रधानाङ्ग, विकेश प्रधानाङ्ग र अविज्ञा मल्ल छन्।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?