काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।बुधबार प्राधिकरणमा पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक श्रेष्ठले सुनकोशी–३ को डिजाइन अध्ययनका लागि कमिटी गठन गर्ने पहिलो निर्णय गरेको बताए ।
उनले उक्त कमिटी गठनसम्बन्धी फाइल आफूले खोलिसकेको जानकारी दिए । ऊर्जा क्षेत्रमा आफ्नो लामो अनुभव रहेको भन्दै श्रेष्ठले ऊर्जा सन्तुलन कायम गर्ने विषयमा रणनीति बनाएर अघि बढ्ने बताए ।
भिडियो हेर्नुस्ः

































