National life
cg eloctronics

विन्ध्यवासिनी हाइड्रोपावरको वित्तीय अवस्था कस्तो ? नाफादेखि प्रतिसेयर आम्दानीसम्म

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२२ दिन अगाडि|१९ कात्तिक २०८३, बिहिबार
1.3kShares
विन्ध्यवासिनी हाइड्रोपावरको वित्तीय अवस्था कस्तो ? नाफादेखि प्रतिसेयर आम्दानीसम्म
muktinatha bikash bank

काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको खुद नाफामा सामान्य सुधार देखिएको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ८ करोड ९२ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड ७१ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार कम्पनीको नाफा गत वर्षको तुलनामा २० लाख ३५ हजार रुपैयाँले बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी पनि सामान्य बढेको छ। गत वर्षको पहिलो त्रैमासमा १६ करोड ६४ लाख ४६ हजार रुपैयाँ रहेको सञ्चालन आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर १६ करोड ७६ लाख ८९ हजार रुपैयाँ पुगेको छ।

कम्पनीको कुल नाफा १६ करोड ३९ लाख ४५ हजार रुपैयाँ रहेको छ भने वित्तीय खर्च ३ करोड ६० लाख ६३ हजार रुपैयाँ पुगेको छ।

everest bank

असोज मसान्तसम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब १८ करोड ६२ लाख ९० हजार रुपैयाँ रहेको छ। त्यस्तै, अन्य इक्विटी ३० करोड ८ लाख रुपैयाँभन्दा बढी हुँदा कुल इक्विटी १ अर्ब ४८ करोड ७१ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको कुल सम्पत्ति ३ अर्ब २४ करोड २५ लाख रुपैयाँ रहेको छ। दीर्घकालीन ऋण तथा अन्य वित्तीय दायित्वसहित कुल दायित्व करिब १ अर्ब ७५ करोड ५४ लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।

कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ३० रुपैयाँभन्दा माथि रहेको छ। प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ३६ पैसा रहेको कम्पनीको सेयर बजार मूल्य ४४२ रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?