National life

इरानको आक्रमणपछि कतारको रास लाफानमा संकट, विश्व ऊर्जा बजारमा दबाब

अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य केही समयका लागि प्रतिव्यारेल १११ अमेरिकी डलरसम्म पुगेको थियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|२५ असार २०८३, बिहिबार
1.2kShares
इरानको आक्रमणपछि कतारको रास लाफानमा संकट, विश्व ऊर्जा बजारमा दबाब
ncell

काठमाडौँ । कतारस्थित रास लाफान औद्योगिक क्षेत्रमा इरानले गरेको मिसाइल आक्रमणपछि विश्व ऊर्जा आपूर्ति र इन्धन मूल्यमा दबाब बढ्ने सम्भावना देखिएको छ।

बुधबार प्रहार गरिएका पाँच मिसाइलमध्ये एउटा रास लाफान क्षेत्रमा पुगेर क्षति पुर्‍याएको बताइएको छ भने बाँकी चार मिसाइल कतारले आकाशमै अवरोध गरेको जनाएको छ। उक्त घटनापछि अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य केही समयका लागि प्रतिव्यारेल १११ अमेरिकी डलरसम्म पुगेको थियो।

रास लाफान विश्वका प्रमुख तरलीकृत प्राकृतिक ग्यास उत्पादन तथा निर्यात केन्द्रमध्ये एक मानिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कतार अमेरिका पछि एलएनजी निर्यातमा दोस्रो स्थानमा रहेको छ र विश्वको झन्डै पाँचौं भाग एलएनजी यही क्षेत्रबाट आपूर्ति हुने गर्छ।

ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार आक्रमणबाट उक्त क्षेत्रमा भएको क्षतिले एलएनजी उत्पादन र आपूर्तिमा असर पार्न सक्नेछ। यसले कतारमा निर्भर रहेका भारत, जापान, दक्षिण कोरिया, पाकिस्तान र बंगलादेशजस्ता देशहरूमा ग्यास आपूर्ति असहज हुन सक्ने र मूल्य बढ्न सक्ने जोखिम औँल्याइएको छ।

रास लाफानबाट एलएनजीसँगै युरिया, अमोनिया, सल्फर र ठूलो परिमाणमा हिलियम उत्पादन हुने भएकाले यस घटनाले ऊर्जा क्षेत्र मात्र नभई अन्य औद्योगिक आपूर्ति शृंखलामा पनि प्रभाव पार्न सक्ने अनुमान गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?