काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई १८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
कम्पनीको कात्तिक २२ गते बसेको सञ्चालक समितिको १३९औँ बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी १२औँ वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।

































