National life
cg eloctronics

तिहारमा बिजुलीको माग बढ्दै, लक्ष्मीपूजामा खपत १ हजार ७०० मेगावाट पुग्ने अनुमान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१९ दिन अगाडि|२२ कात्तिक २०८३, आइतबार
3KShares
तिहारमा बिजुलीको माग बढ्दै, लक्ष्मीपूजामा खपत १ हजार ७०० मेगावाट पुग्ने अनुमान
muktinatha bikash bank

काठमाडौं । तिहारको झिलिमिलीले यस वर्ष विद्युत् खपत पनि बढाउने भएको छ। नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ। तर, सोही समयमा उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने प्रक्षेपण रहेकाले विद्युत् आपूर्तिमा समस्या नहुने प्राधिकरणको दाबी छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

गत वर्षको तुलनामा यस वर्ष लक्ष्मीपूजाको साँझ विद्युत्को माग थप बढ्ने देखिएको छ। तर, मागअनुसार आपूर्ति गर्न आन्तरिक उत्पादन नै पर्याप्त हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार लक्ष्मीपूजाको साँझ विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट पुग्ने अनुमान छ। यसअनुसार मागभन्दा उत्पादन बढी हुने भएकाले विद्युत् आपूर्तिमा समस्या नआउने उनको भनाइ छ।

everest bank

पछिल्ला वर्षहरूमा लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग निरन्तर बढिरहेको छ। २०७९ सालमा १ हजार ३०५ मेगावाट रहेको माग २०८० सालमा बढेर १ हजार ४३८ मेगावाट पुगेको थियो। त्यसैगरी, २०८१ सालमा १ हजार ६०२ मेगावाट र २०८२ सालमा १ हजार ६५० मेगावाट पुगेको थियो।

यस वर्षको प्रक्षेपणअनुसार माग १ हजार ७०० मेगावाट पुग्नेछ। यसरी चार वर्षको अवधिमा लक्ष्मीपूजाको साँझ विद्युत्को उच्चतम माग करिब ४०० मेगावाटले वृद्धि हुने देखिएको छ।

विद्युत्को मागभन्दा उत्पादन बढी हुने भएकाले आपूर्ति सहज रहने प्राधिकरणको विश्वास छ। तिहार तथा छठ पर्वका अवसरमा नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न प्राधिकरणले उत्पादन, प्रसारण र वितरण प्रणालीलाई चुस्त राख्ने तयारीसमेत गरेको छ।

पर्व अवधिभर प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखिने र प्रसारण लाइन तथा वितरण प्रणालीमा आउन सक्ने समस्या तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ।

कार्यकारी निर्देशक श्रेष्ठले विद्युत् आपूर्तिमा अवरोध हुन नदिन सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। त्यसैगरी, नो लाइट सेवामा प्राप्त हुने गुनासो तत्काल सम्बोधन गर्न र आवश्यक मर्मतसम्भारका लागि प्राविधिक टोली तयारी अवस्थामा राख्नसमेत निर्देशन दिइएको छ।

यो समाचार शेयर गर्नुहोस्
3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?