National life

बढीका कारण देशका अधिकांश जलविद्युत आयोजनाको उत्पादन ठप्प

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ असार २०८१, शनिबार
650Shares
बढीका कारण देशका अधिकांश जलविद्युत आयोजनाको उत्पादन ठप्प
ncell

काठमाडौँ । विगत १४ घन्टादेखि परेको भारी वर्षाका कारण आएको बाढीले देशभरका अधिकांश जलविद्युत आयोजनाको उत्पादन ठप्प भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार देशभर साढे ६०० मेगावाट क्षमताका आयोजनाको उत्पादन ठप्प भएको हो ।

देशको सबैभन्दा ठूलो ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन पनि ठप्प भएको छ । योसहित नेपाल विद्युत प्राधिकरण र सहायक कम्पनीको कूल ५२६ मेगावाट क्षमताको उत्पादन रोकिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै,निजी क्षेत्रबाट उत्पादन गरेको बिजुलीको उत्पादन समेत रोकिएको छ । बलेफी, मोदी, मध्य मोदी लगायतका आयोजनाको उत्पादन रोकिएको छ । यस्तै लिखु, मध्य तमोर, सोलु दुधकोसी, सोलु दुधकोसी लगायतका आयोजनाको उत्पादन समेत रोकिएको छ । यसका साथै देवीघाट र चमलेलिया आयोजनाको उत्पादन समेत रोकिएको प्राधिकरणले जानकारी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?