National life

९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त आयोजनाको पीपीए सम्पन्न, ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०३ कात्तिक २०८०, शुक्रबार
722Shares
९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त आयोजनाको पीपीए सम्पन्न, ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य
ncell

काठमाडौं । ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको विद्युत खरिद विक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ ।

तनहुँको भानु नगरपालिका र गोरखाको पालुङटार नगरपालिकामा निर्माण हुने मर्स्याङ्दी नदी जलविद्युत आयोजना आगामी ५ वर्षभित्र निर्माण सम्पन्न हुने प्रवर्द्धक कम्पनी एम ए पावर प्रालीले जनाएको छ ।

कात्तिक १ गते सम्पन्न पीपीएमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका अध्यक्ष अनुप आचार्यले हस्ताक्षर गरेका छन् ।

आयोजनाको विद्युत वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदयाममा ८ रुपैयाँ ४० पैसामा खरिद विक्री गर्ने सम्झौता भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आयोजनाबाट हिउँदमा १८४ दशमलव ६७ गिगावाट आवर र वर्षायाममा ३७७ दशमलव ९३ गिगावाट आवर ऊर्जा उत्पादन हुने छ ।

आयोजनाबाट २०८६ बैशाख २२ गते व्यावसायिक रुपमा विद्युत उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष आचार्यले जनाकारी दिए ।

आयोजनाको वातावरणीय प्रभाव अध्ययन (इआईए) अन्तिम चरणमा रहेको र वित्तिय व्यवस्थापनका लागि नेपाली सँगै विदेशी लगानीकर्ताहरुसँग पनि आवश्यक प्रक्रिया अघि बढाइसकिएको कम्पनीका अध्यक्ष आचार्यले बताए ।

एम ए पावरले निर्माण गरिरहेको २२ मेगावाटको सेती खोला जलविद्युत आयोजनाको निर्माण ६ महिनाभित्र सकेर मर्स्याङ्दी नदी जलविद्युत आयोजनाको निर्माणमा हात हाल्ने पनि आचार्यले जनाकारी दिए ।

यो समाचार शेयर गर्नुहोस्
722SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?