National life

बुद्धभूमि नेपाल हाइड्रोलाई हकप्रद बिक्री गर्न आयोगले दियो स्वीकृति

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ जेठ २०८१, मङ्गलबार
1.3kShares
बुद्धभूमि नेपाल हाइड्रोलाई हकप्रद बिक्री गर्न आयोगले दियो स्वीकृति
ncell

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगले पूर्व स्वीकृति दिएको छ । कम्पनीले १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद जारी गर्न आयोगले स्वीकृति दिएको हो ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हकप्रद सम्बन्धी प्रस्ताव आगामी साधारण सभा र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि थप प्रकृया अघि बढ्नेछ । यस कम्पनीले १५० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि अनुमति मागेको थियो । तर, आयोगले भने १०० प्रतिशतका लागि अनुमति दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?