National life

मुद्दा फैसला नहुँदै बिदा भए हितेन्द्र, फेसबुकमै लेखे 'नमरी बाँचे कालले साँचे फेरि भेटौला'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ माघ २०८१, सोमबार
785Shares
मुद्दा फैसला नहुँदै बिदा भए हितेन्द्र, फेसबुकमै लेखे 'नमरी बाँचे कालले साँचे फेरि भेटौला'
ncell

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सेवा अवधि समापन भएसँगै प्राधिकरणबाट बाहिरिएका छन् ।

आफ्नो पदावधि नसकिँदै कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएपछि न्याय माग्दै सर्वोच्च अदालत पुगेका शाक्यको पदावधि रहँदासम्म सर्वोच्चबाट उनको मुद्दामा सुनुवाइ नै भएन ।

यत्तिकैमा कार्यकाल सकिएपछि सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्राधिकरणका सहकर्मीसँग बिदा मागेका छन् । उनले भनेका छन् ‘‘धन्यवाद, बाई बाई ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नमरी बाँचे कालले साँचे फेरि भेट होला, तबसम्म बिट मारेँ है त,” उनले लेखेका छन्, “नेपाल विद्युत् प्राधिकरण र सम्पूर्ण सहकर्मी साथीहरू जय होस्।’’

आफूलाई कानुनविपरीत प्राधिकरणबाट हटाइएको जिकिरसहित शाक्यले सर्वोच्चमा दायर गरेको रिटमा ३१ पटक तारेख धाए र, ११ पल्ट पेसीमा सुनुवाइ हुन सकेको थिएन ।

सरकारले असंवैधानिकरुपमा कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक बनाएको र आफूलाई हटाएको भन्दै उनले सर्वोच्चमा रिट दायर गरेका थिए । शाक्यले प्राधिकरणमा प्रबन्ध निर्देशकको रुपमा करिब ६ महिनामात्रै काम गर्न पाए ।

प्राधिकरणको प्रबन्ध निर्देशकमा थमौती गर्ने गरी अन्तरिम आदेश माग गर्दै शाक्यले सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमा मन्त्रिपरिषद्को निर्णयका आधारमा भएका सम्पूर्ण पत्राचार कार्यान्वयन नगर्न र आफूलाई विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकका रुपमा काम गर्न दिन शाक्यले अन्तरिम आदेश मागेका थिए । तर, सर्वोच्चले उनको माग अनुसार आदेश जारी गरेन ।

यो समाचार शेयर गर्नुहोस्
785SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?