काठमाडौँ । सुपरमाई हाईड्रोपावर लिमिटेडले दशौं वार्षिक साधारण सभा मंसिर २८ गते शुक्रवारका लागि आह्वान गरेको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित लसरा रिसेप्सन्स् प्रा.लि.मा अपराह्न ४ बजे सभा बोलाएको हो ।
सभामा हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर ५.६३१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुने भएको छ । त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखा परीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभामा पेश गरिने भएको छ ।
साथै प्रबन्त्रपत्र तथा नियमावलीमा आवश्यक दफा संशोधन गर्ने र सोका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि तय गरिएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १७ गते एक दिन बुक क्लोज गर्नेछ।

































