काठमाडौँ । टिकटक बन्द गराउन माग गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन परेको छ । नेपाल समाजवादी मोर्चाका संयोजक युवराज सफलले टिकटक बन्द गराउन माग गर्दै मन्त्रालयमा निवेदन दिएका हुन् ।
उनले तत्कालको लागि टिकटक बन्द गर्न सञ्चारमन्त्री रेखा शर्मालाई आग्रह गरेका हुन् ।
उनले टिकटक नेपालमा बिनाअनुमति चलिरहेको जिकिर गरेका छन् ।
उनले टिकटक चलाउनै परे पहिला नेपालमा संचालन अनुमति लिन लगाउनुपर्ने बताएका छन् । टिकटक संचालन मापदण्ड, आचारसंहिता लागु गराउने र फेक आइडीहरुलाई चल्न नदिने वातावरण बनाई टिकटलाई कानुनी दायरामा ल्याउन पनि माग गरेका छन् ।
टिकटकमा गेमको नाममा लाखौं करोडौंको कारोबार हुने गरेको बताउँदै गिफ्ट प्राप्त गर्नेहरुले कुनै राजस्व नतिरेको पनि दाबी गरेका छन् । त्यसको समेत नियमन गरी विजेताले प्राप्त रकमको निश्चित प्रतिशत कर राज्यको ढुकुटीमा ल्याउन उनले भनेका छन् ।



































