National life

पैसा उठाएर पार्टी प्यालेसमा खर्चिलो तथा भड्किलो तीज कार्यक्रम नगर्न प्रशासनकाे अनुरोध

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१३ भदौ २०८०, बुधबार
1.1kShares
पैसा उठाएर पार्टी प्यालेसमा खर्चिलो तथा भड्किलो तीज कार्यक्रम नगर्न प्रशासनकाे अनुरोध
ncell

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय कास्कीले खर्चिलो तीज विशेष कार्यक्रम नगर्न अनुरोध गरेको छ । प्रशासन कार्यालयले खर्चिलो तथा भड्किलो तरिकाले तीज विशेष कार्यक्रम नगर्न जिल्लाबासीहरूमा अनुरोध गरेको हाे ।

प्रशासनले एक सूचना जारी गर्दै स्वीकृतिबीना सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्देश्यले मेला–महोत्सव नगर्न पनि निर्देशन दिएको छ ।

तीज पर्व मनाउने नाममा विभिन्न तडकभडकसहितका खर्चिला तथा भड्किला कार्यक्रम गर्ने परिपाटी मौलाउँदै गएपछि त्यसले विभिन्न विकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुगेको भन्दै प्रशासनले जिल्लाबासीलाई सचेत बनाएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सूचनाविपरीत गरे–गराएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने समेत प्रशासन कार्यालयले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?