National life

सुन फेरि महँगियो, आज तोलाको मूल्य कति ?

आज सुन किन्न कति रुपैयाँ चाहिन्छ ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०१ भदौ २०८३, सोमबार
1.1kShares
सुन फेरि महँगियो, आज तोलाको मूल्य कति ?
ncell

काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ हजार ६ सय रुपैयाँले बढेको हो । यसअघि अघिल्लो दिन पनि सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँले वृद्धि भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ३० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १० ग्राम सुन २ लाख ६१ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७ सय १० रुपैयाँ रहेको चाँदीको मूल्य आज ६० रुपैयाँले बढेको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?