काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा बिहीबार उल्लेख्य वृद्धि भएको छ। अघिल्लो दिन ३ लाख रुपैयाँभन्दा तल झरेको सुनको भाउ आज पुनः ३ लाख रुपैयाँको सीमा पार गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज ७ हजार ६ सय रुपैयाँले महँगिएको हो।
यसअघि बुधबार सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको थियो। सो गिरावटपछि सुनको भाउ ३ लाख रुपैयाँभन्दा तल झरेको थियो।
त्यस्तै, आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६१ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतिदश ग्राम २ लाख ५४ हजार ८ सय ८५ रुपैयाँ रहेकोमा आज ६ हजार ५ सय २० रुपैयाँले वृद्धि भएको हो।
यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ५ सय ८० रुपैयाँ रहेको चाँदी आज १ सय ४५ रुपैयाँले बढेको हो।































