National life
cg eloctronics

दुर्घटनामा ज्यान गुमाउने एकैघरका ५ जनासहित ११ जनाको पहिचान खुल्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१५ दिन अगाडि|२६ कात्तिक २०८३, बिहिबार
1.4kShares
दुर्घटनामा ज्यान गुमाउने एकैघरका ५ जनासहित ११ जनाको पहिचान खुल्यो
muktinatha bikash bank

काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटनामा मृत्यु भएका ११ जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा मृत्यु हुनेमा गाडीका चालक सर्लाहीको कबिलासी गाउँपालिका–८ का करिब ३० वर्षीय रविशंकर कुमार मण्डल रहेका छन् ।

त्यस्तै, सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, उनका छोरीहरू १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दीक्षा यादव र ५ वर्षीया दीपिका यादवको पनि मृत्यु भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

यसैगरी, सोही स्थानका करिब ३५र३६ वर्षीय गुड्डु यादव, उनकी श्रीमती ३०र३२ वर्षीया गायत्री देवी, २५/२६ वर्षीय राम दुलार यादव, २४र२५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा एकै गाउँका परिवार तथा आफन्तले ज्यान गुमाउनुपरेको छ । काठमाडाैंबाट सर्लाही छठ मनाउन घर फर्किदै गरेका सर्वसाधारण सवार यात्रुवाहक सवारीसाधन मकवानपुरको भीमफेदीमा दुर्घटना भएकाे थियाे ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?