National life

अधिक तरलता कायमै : आज ४० अर्ब खिच्दै राष्ट्र बैंक, दिउँसो २ बजे बोलकबोल

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२४ मंसिर २०८२, बुधबार
551Shares
अधिक तरलता कायमै : आज ४० अर्ब खिच्दै राष्ट्र बैंक, दिउँसो २ बजे बोलकबोल
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंसिर २४ गते बजारबाट ४० अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गर्ने भएको छ। यसका लागि बैंकले १४ दिन अवधिको निक्षेप संकलन प्रक्रिया अघि बढाएको हो।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार निक्षेप संकलन उपकरणअन्तर्गतको अनलाइन बोलकबोल आज दिउँसो २ बजे सञ्चालन हुनेछ। निक्षेप संकलन बहुब्याजदर प्रणालीमार्फत गर्न सकिने बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। यस निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी पुष १३ गते हुनेछ, भने अन्तिम ब्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ।

राष्ट्र बैंकका अनुसार निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँका गुणनफलले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

राष्ट्र बैंकले मौद्रिक व्यवस्थापनसहित बैंकिङ प्रणालीको तरलता सन्तुलनमा राख्ने उद्देश्यले यो प्रशोचन प्रक्रिया संचालन गर्दै आएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?