National life

अधिक तरलता थपिनेक्रम कायमै: आज एकै पटक ४० अर्ब खिच्दै केन्द्रीय बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० माघ २०८१, आइतबार
758Shares
अधिक तरलता थपिनेक्रम कायमै: आज एकै पटक ४० अर्ब खिच्दै केन्द्रीय बैंक
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) आइतबार बैंकिङ प्रणालीबाट पुनः ४० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ।

अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत बैंकिङ प्रणालीबाट उक्त रक बराबरको तरलता खिच्न लागेको हो।

यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको फागुन ११ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ

यो समाचार शेयर गर्नुहोस्
758SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?