National life

अधिक तरलता थुप्रिनेक्रम कायमै: आज बैंकिङ्ग प्रणालीबाट ६० अर्ब तान्दै राष्ट्रबैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ माघ २०८१, आइतबार
1.3kShares
अधिक तरलता थुप्रिनेक्रम कायमै: आज बैंकिङ्ग प्रणालीबाट ६० अर्ब तान्दै राष्ट्रबैंक
ncell

काठमाडौँ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता थुप्रिने क्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण मार्फत पैसा खिचिरहेको छ । सोही अनुसार केन्द्रीय बैंकले आज माघ ६ गते बैंकिङ्ग प्रणालीबाट ६० अर्ब रुपैयाँ तान्ने भएको हो।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो । यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यो २१ दिने निक्षेप संकलन उपकरणको माघ २७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?