काठमाडौँ । कर्जा प्रवाह हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा अधिक तरलता थपिनेक्रम निरन्तर रूपमा बढेको छ । वित्तीय प्रणालीमा अधिक तरलता बढ्न जाँदा बैंकहरुलाई किकदारी थपिएको हो ।
आज श्रावण महिनाको २१ गतसम्म आउँदा राष्ट्र बैंकले छैटौं पटकको तरलता प्रशोचन छ। आज मात्रै पनि नेपाल राष्ट्र बैंकले फेरि ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । चालु आर्थिक वर्षको सुरुवाती १८ दिनमै राष्ट्र बैंकले २ खर्ब २७ अर्ब रुपैयाँ प्रणालीबाट खिचिसकेको छ।
यसअघि साउन ४, ७, ११, १४ र १८ गते गरी कुल २ खर्ब २७ अर्ब रुपैयाँ प्रशोचन गरिसकिएको छ। बैंक तथा वित्तीय संस्थामा थुप्रिएको तरलता हटाउन राष्ट्र बैंक सक्रिय देखिएको छ। हाल बैंकिङ प्रणालीमा कर्जाको माग कमजोर छ भने निक्षेप भने बढिरहेको छ। व्यवसायमा सुस्तता र बजारमा लगानीको माग नहुँदा बैंकमा पैसा थुप्रिएको हो।
तरलता प्रशोचनमार्फत बैंकिङ प्रणालीमा सन्तुलन कायम गर्ने प्रयास भइरहेको छ। बैंकहरूले लगानीयोग्य परियोजनाको अभावमा कर्जा विस्तार गर्न नसक्दा यस्तो अवस्था देखिएको हो।
कर्जाको माग हुन नसक्दा बैंकिङ प्रणालीमा लगानीयोग्य पैसा थुप्रिँदै गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा ६ खर्बभन्दा बढी लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ । बैंकमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले हप्तैपछि आर्थिक तरलता खिच्दै आएको छ ।
अर्थतन्त्रमा आर्थिक संकट, नकरात्मक व्यापार वातावरण वा राजनीतिक अस्थिरता लगायतका समस्या देखिदा व्यवसायीहरू र उपभोक्ताहरूले कर्जा लिन इच्छुक नदेखिने र यसले गर्दा बैंकहरूमा नगदको संचय बढ्न जाने जानकारहरूको भनाई छ ।
साथै, नेपालमा सरकारको राजस्व वृद्धि र विदेशी ऋणको प्रवाहले गर्दा बैंकमा नगदको आपूर्ति बढिरहेको र बैंकहरूले आफ्नो नगदलाई कर्जा दिनको सट्टा सुरक्षित तरिकामा राख्न र लगानी गर्ने प्रवृत्तिको सामना गरेका कारण तरलता बढ्न गएको उनीहरूको भनाई छ ।






























