National life

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६७ खर्ब बढी तरलता प्रशोचन

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२८ असोज २०८२, मङ्गलबार
1.3kShares
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६७ खर्ब बढी तरलता प्रशोचन
ncell

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा राष्ट्र बैंकमार्फत कुल ६७ खर्ब ८५ अर्ब ६० करोड तरलता प्रशोचन गरिएको छ। यसमा निक्षेप सङ्कलन बोल कबोलमार्फत ४ खर्ब ७४ अर्ब ३५ करोड र स्थायी निक्षेप सुविधा मार्फत ६३ खर्ब ११ अर्ब २५ करोड प्रवाह भएको हो। अघिल्लो वर्षको सोही अवधिमा मात्र ४४ खर्ब ७६ अर्ब ४५ करोड तरलता प्रशोचन भएको थियो।

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर १ अर्ब ६ करोड खुद खरिद गरी रु १ खर्ब ४९ अर्ब ४२ करोड तरलता प्रवाह गरेको छ।

Royal Enfield
nic asia capital
अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ८३ करोड ४७ लाख खुद खरिद गरी रु १ खर्ब ११ अर्ब ९७ लाख तरलता प्रवाह भएको थियो।

त्यसैगरी, समीक्षा अवधिमा राष्ट्र बैंकले अमेरिकी डलर ३८ करोड बिक्री गरी ५३ अर्ब २४ करोड बराबरको भारतीय रूपैयाँ खरिद गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ५६ करोड बिक्री गरी ७५ अर्ब ३९ करोड बराबरको भारतीय रूपैयाँ खरिद भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?