National life
cg eloctronics

चुलिदैं अधिक तरलता, बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२१ साउन २०८२, बुधबार
733Shares
चुलिदैं अधिक तरलता, बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक
muktinatha bikash bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकका अनुसार ३५ दिनका लागि क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट उक्त रकम खिच्न लागिएको हो।

निक्षेप संकलन उपकरणद्वारा तान्न लागिएको रकमको सावाँ तथा ब्याज भुक्तानी आगामी भदौ २५ गते गरिनेछ। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने बैंकले जनाएको छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
733SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?