काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने तयारी गरेको छ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि अल्पकालीन उपकरण अन्तर्गत ४ दिनका लागि उक्त रकम संकलन गर्न लागेको हो।
पछिल्लो समय राष्ट्र बैंकले तरलता व्यवस्थापनका उद्देश्यले नियमित रूपमा आइतबार र बुधबार बजारबाट पैसा संकलन गर्दै आएको छ। सोही अनुसार आज पनि निक्षेप संकलन कार्य अघि बढाइने भएको हो।
https://aarthikvoice.com/archives/75083
राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङ प्रणालीमार्फत आज दिउँसो ३ बजेदेखि आवेदन दिन सक्नेछन्। न्यूनतम १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँका गुणकमा आवेदन दिन सकिने छ।
साँवा र ब्याजको भुक्तानी कात्तिक २ गते हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलनमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन सक्नेछन्।
































