National life

तेस्रो पटक ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक : आज २५ अर्ब उठाइँदै, २ बजेसम्म बोलकबोल

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|२० पुस २०८२, आइतबार
876Shares
तेस्रो पटक ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक : आज २५ अर्ब उठाइँदै, २ बजेसम्म बोलकबोल
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ग’’ शीर्षकमा सो ऋणपत्र निष्कासन गर्न लागेको हो।

उक्त ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आज मध्याह्न २ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ, जसमा सहभागी संस्थाहरूले प्रस्ताव गरेको ब्याजदरका आधारमा ऋणपत्रको ब्याजदर निर्धारण गरिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो ऋणपत्र एक वर्षे अवधिको हुनेछ। यसअनुसार ऋणपत्रको साँव (मूलधन) भुक्तानी २०८३ साल पुस २० गते गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गर्ने व्यवस्था गरिएको छ।

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक नीतिका उपकरणको रूपमा ऋणपत्र निष्कासनलाई निरन्तरता दिँदै आएको छ। यही क्रममा केन्द्रीय बैंकले लगातार तेस्रो पटक ऋणपत्र जारी गर्न लागेको हो। यसअघि पुस १४ गते र पुस १६ गते पनि एक वर्षे अवधिका ऋणपत्रहरू जारी गरिसकेको थियो।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
876SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?