National life

बैंकमा थुप्रियो पैसा: आज फेरि २५ अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक, ३ बजे बोलकबोल 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ फागुन २०८१, मङ्गलबार
729Shares
बैंकमा थुप्रियो पैसा: आज फेरि २५ अर्ब रुपैयाँ खिच्दै केन्द्रीय बैंक, ३ बजे बोलकबोल 
ncell

काठमाडौँ । बैंकमा निरन्तर अधिक तरलता थपिएसँगै केन्द्रीय बैंकले आज बैंकिङ्ग प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ।

फागुन १३ गतेका दिन केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्न निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ्ग प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने भएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् । यो २२ दिने निक्षेप संकलन उपकरणको चैत ६ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ । यस अगाडि केन्द्रीय बैंकले ११ गते ३० अर्ब रुपैयाँ  तरलता खिचेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
729SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?