National life

बैंकहरुको दिक्दारी बन्दै अधिक तरलता : आज फेरि बैंकिङ्ग प्रणालीबाट ३० अर्ब खिच्दै केन्द्रीय बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०४ भदौ २०८२, बुधबार
627Shares
बैंकहरुको दिक्दारी बन्दै अधिक तरलता : आज फेरि बैंकिङ्ग प्रणालीबाट ३० अर्ब खिच्दै केन्द्रीय बैंक
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधवार बैंकिङ्ग प्रणालीबाट ३० अर्ब रुपैयाँ खिच्ने भएको छ। बैंकिङ्ग क्षेत्रमा लगातार तरलता थुप्रिएपछि केन्द्रीय बैंकले ३० अर्ब निक्षेप संकलन गर्ने भएको हो।

आजसँगै राष्ट्र बैंकले भदौ लागेयता दोस्रो पटक निक्षेप संकलन गर्न लागेको छ । यसको लागी आज ३ बजेसम्म बोलकबोल गर्न सकिने छ भने अनलाइनमार्फत आवेदन दिन सकिनेछ ।

Royal Enfield
nic asia capital
यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी भदौ २९ गते हुनेछ ।

यसमा सहभागी बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलकबोल बमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
627SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?