National life

बैंकहरुमा अधिक तरलता चुलियो ,औसत बेस रेट अहिले ८.७७ प्रतिशत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ चैत २०८०, बिहिबार
876Shares
बैंकहरुमा अधिक तरलता चुलियो ,औसत बेस रेट अहिले ८.७७ प्रतिशत
ncell

काठमाडौं । वाणिज्य बैंकहरुसँग प्रशस्त मात्रामा लगानीयोग्य रकम थुप्रिएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताएका छन् ।

बिहीबार दिउसो काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष केसीले हाल बैंकहरुसँग ५ खर्ब रुपैयाँ भन्दा बढी अधिक तरलताको स्थिति रहेको बताएका हुन्। अहिले बैंकहरुमा निक्षेप बढे पनि कर्जा प्रवाह नहुँदा अधिक तरलताको स्थिति रहेको उनले बताएका छन् ।

यता,बैंकहरुको औसत कर्जा निक्षेप अनुपात ८१ प्रतिशत रहेको पनि केसीले जानकारी गराएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै यसबाट पनि बैंकहरुसँग लगानीयोग्य रकम प्रशस्त रहेको पुष्टि हुन्छ । यस्तै, कर्जाको ब्याजदर पनि एकल अंक बराबर आएको उनको भनाई छ।

यसअघि ११.०८ प्रतिशत रहेको औसत बेस रेट अहिले ८.७७ प्रतिशत मा सीमित भएको उनको भनाई छ । उक्त बेस रेट एकल ब्याजदर बराबर रहेको उनको भनाई छ । अहिले घर कर्जा र विद्युतीय सवारी साधनको ब्याजदर सस्तो भएको केसीले बताए ।

यो समाचार शेयर गर्नुहोस्
876SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?