National life
cg eloctronics

बैंकिङ्ग प्रणालीमा अधिक तरलता बढेपछि १ खर्ब तान्दै केन्द्रीय बैंक, २ बजे बोलकबोल हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ कात्तिक २०८१, बुधबार
1.9kShares
बैंकिङ्ग प्रणालीमा अधिक तरलता बढेपछि १ खर्ब तान्दै केन्द्रीय बैंक, २ बजे बोलकबोल हुने
muktinatha bikash bank

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता बढेसँगै केन्द्रीय बैंकले सय अर्ब तरलता खिच्ने भएको छ । केन्द्रीय बैंकले आज (कात्तिक २१ गते) २१ दिन अवधिका लागि एक सय अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो ।

बैंकले आज २ बजे बोलकबोल गर्ने जनाएको छ । यो २१ दिने निक्षेप संकलन उपकरणको मङ्सिर १२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सक्नेछन् । कात्तिक लागेसँगै केन्द्रीय बैंकले तेस्रो पटक तरलता खिच्न लागेको हो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?