National life

बैंकिङ प्रणालीमा निष्क्रिय निक्षेप: नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनमा सक्रियता बढायो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ भदौ २०८२, आइतबार
686Shares
बैंकिङ प्रणालीमा निष्क्रिय निक्षेप: नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनमा सक्रियता बढायो
ncell

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूमा हाल ७२ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । तर, कर्जा लगानी भने ५६ खर्ब ८ अर्बमै सीमित रह्यो। निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह सुस्त हुँदा नेपाल राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा चुनौती थपिएको छ।

बैंकहरूको कर्जा–निक्षेप अनुपात (CD Ratio) ७६ प्रतिशतमा झरेको र अन्तरबैंक कर्जा दर २.७५ प्रतिशत पुगेपछि केन्द्रीय बैंकले तरलता प्रशोचन सुरु गरेको छ।

Royal Enfield
nic asia capital
अल्पकालीन ब्याजदर घट्नु, ऋण लगानी स्थिर रहनु र निक्षेप तीव्र गतिमा बढ्नु मौद्रिक असन्तुलनको संकेत मानिन्छ।

बैंकहरूले पर्याप्त कर्जा लगानी गर्न नसक्दा निक्षेप रकम निष्क्रिय बनेको छ । यसले सरकारी ऋणपत्र, विशेषगरी ट्रेजरी बिलमा बैंकहरूको प्रतिस्पर्धा बढाएको छ। यही अवसरमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पनि आन्तरिक ऋण उठाउन बैंकहरूसँग प्रतिस्पर्धा गराएको छ।

राष्ट्र बैंकले चालु मौद्रिक नीतिलाई प्रभावकारी बनाउन, बजारमा देखिएको अधिक तरलतालाई व्यवस्थित गर्न र अल्पकालीन ब्याजदरलाई करिडोर भित्र राख्न निक्षेप संकलन उपकरण र ट्रेजरी बिलको नवीकरणलाई प्राथमिकता दिएको छ।

‘अधिक तरलता’ नियन्त्रणका लागि राष्ट्र बैंकले भदौ २२ गते २५ अर्ब रुपैयाँ प्रशोचन गरेको छ। यसअघि भदौ १८ मा ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरिएको थियो। बैंकिङ प्रणालीमा ठूलो मात्रामा निष्क्रिय पैसा थन्किएको र अल्पकालीन ब्याजदर करिडोरको तल्लो सीमातिर झरेको छ।

अर्थतन्त्रमा पूँजीगत खर्च सुस्त हुनु, निजी क्षेत्रको लगानी उत्साहजनक नहुनु र आयात–निर्यात दुवै पक्षमा अस्थिरता देखिनुले बैंकहरूको कर्जा लगानी क्षमता कम भएको राष्ट्र बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
686SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?