National life

बैंकिङ प्रणालीमा बढ्दो तरलता : आज ६० अर्ब निक्षेप संकलन गर्ने, २ बजे बोलकबोल

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|१७ मंसिर २०८२, बुधबार
495Shares
बैंकिङ प्रणालीमा बढ्दो तरलता : आज ६० अर्ब निक्षेप संकलन गर्ने, २ बजे बोलकबोल
ncell

काठमाडौँ। बैंकिङ प्रणालीमा अधिक तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट ६० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ। केन्द्रीय बैंकले २८ दिन अवधि हुने गरी अल्पकालीन उपकरण निक्षेप संकलन जारी गर्दै बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापन गर्न लागेको हो।

पछिल्लो समय तरलता व्यवस्थापनलाई नियमित बनाउँदै राष्ट्र बैंकले हरेक आइतबार र बुधबार बजारबाट रकम संकलन गर्दै आएको छ। सोही नियमित प्रकृयाअनुसार आज पनि राष्ट्र बैंकले मध्यान्ह २ बजेबाट अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल सञ्चालन गर्ने जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निक्षेप संकलनमा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ तथा बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि प्रस्ताव पेस गर्न सक्नेछन्।

संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी पुस २० गते हुनेछ। यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागी हुन पाउने व्यवस्था गरिएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?