National life

बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ भदौ २०८२, बुधबार
1.2kShares
बैंकिङ प्रणालीमा बढ्दो तरलता व्यवस्थापन गर्न ५० अर्ब रुपैयाँ खिच्दै राष्ट्रबैंक
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले (आज) बुधवार बजारबाट थप ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। बैंकिङ प्रणालीमा तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपत्कालीन रूपमा बजारबाट निक्षेप खिच्न लागेको हो ।

बैंकले विभिन्न विशेषता एवं सर्तहरू कायम गरी चार दिनको लागि निक्षेप संकलनको बोलकबोल तथा निष्काशन गर्ने भएको हो। निक्षेप संकलनको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी असोज १२ गते हुने बैंकले जनाएको छ।

Royal Enfield
nic asia capital

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बुधवार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बोलकबोल अनलाइन बिडिङ सिस्टम सप्टवयरमार्फत हुनेछ।

यस अगाडि बैंकले भदौ १५ गते मात्र ५५ अर्ब तानेको थियो । बैंकले छोटो अवधिमा लगातार रूपमा बजारबाट पैसा उठाउन लागेको हो।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?