National life

बैंक वित्तीय संस्थामा अधिक तरलता कायमै : ७ दिनका लागि ५० अर्ब खिच्दै राष्ट्रबैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|२६ असोज २०८२, आइतबार
1.1kShares
बैंक वित्तीय संस्थामा अधिक तरलता कायमै : ७ दिनका लागि ५० अर्ब खिच्दै  राष्ट्रबैंक
ncell

काठमाडौँ । आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्त गतिका कारण बैंक तथा वित्तीय संस्थामा कर्जाको माग न्यून रहँदै आएको छ । जसकारण वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था सिर्जना भएको छ।

तरलता सन्तुलनमा चुनौती बढेपछि नेपाल राष्ट्र बैंकले बजारबाट ७ दिनका लागि ५० अर्ब रुपैयाँ निक्षेप उठाउने भएको छ। राष्ट्र बैंकका अनुसार उक्त रकम निक्षेप आज संकलन गरिने भएको छ ।

Royal Enfield
nic asia capital
उक्त निक्षेपको साँवा तथा ब्याज रकम कात्तिक २ गते फिर्ता गरिनेछ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५० करोड रुपैयाँसम्म बोलकबोलमा सहभागी हुन सक्नेछन्। राष्ट्र बैंकले निक्षेप संकलनका लागि बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने व्यवस्था गरेको छ।

निक्षेप संकलनका लागि प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकता दिइने राष्ट्र बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?