National life

बैंक वित्तीय संस्थामा उच्च तरलता कायमै : आज ३० अर्ब खिच्दै राष्ट्रबैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|१० मंसिर २०८२, बुधबार
666Shares
बैंक वित्तीय संस्थामा उच्च तरलता कायमै : आज ३० अर्ब खिच्दै राष्ट्रबैंक
ncell

काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा तरलता थपिने क्रम नरोकिएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत खिच्ने भएको छ।

तरलता व्यवस्थापनका लागि प्रयोग हुने अल्पकालीन उपकरणअन्तर्गत ४२ दिन अवधिका लागि रकम संकलन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ। पछिल्लो समय राष्ट्र बैंकले तरलता व्यवस्थापनअन्तर्गत आइतबार र बुधबार नियमित रूपमा बजारबाट पैसा झिक्दै आएकोमा आज पनि सोही प्रक्रियाअनुसार निक्षेप संकलन हुँदैछ।

अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट बोलकबोलमा सहभागी हुन सकिनेछ।

Royal Enfield
nic asia capital
इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमभित्र आवेदन दिन सक्नेछन्।

निक्षेप संकलनको मूलधन र ब्याज भुक्तानी पुस २३ गते हुने छ। क, ख र ग वर्गका नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले मात्र यस प्रक्रियामा सहभागी हुन पाउनेछन्।

यो समाचार शेयर गर्नुहोस्
666SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?