National life

बैंक वित्तीय संस्थामा तरलता थुप्रिने क्रम कायमै:  आज २५ अर्ब प्रशोचन गर्दै केन्द्रीय बैंक

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ भदौ २०८२, आइतबार
701Shares
बैंक वित्तीय संस्थामा तरलता थुप्रिने क्रम कायमै:  आज २५ अर्ब प्रशोचन गर्दै केन्द्रीय बैंक
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमार्फत आज (आइतबार) २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थाहरूमा तरलता थुप्रिनेक्रम नरोकिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि २५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो।

केन्द्रीय बैंकले २१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्नेछ । यसमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले दिउँसो तीन बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

Royal Enfield
nic asia capital

बैंकले यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने र साँवा तथा ब्याज भुक्तानी असोज १२ गते हुने उल्लेख गरेको छ। यसका लागी बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रूपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सक्नेछन् ।

राष्ट्र बैंकले भदौ लागेयता मात्रै सातौ पटक निक्षेप संकलन गरिसकेको छ ।पछिल्लो समय बैंकिङ्ग प्रणालीमा निक्षेप बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको हो ।

यो समाचार शेयर गर्नुहोस्
701SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?