National life

राष्ट्र बैंकले ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने , ३ बजेसम्म आवेदन दिनुपर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ असोज २०८२, बिहिबार
579Shares
राष्ट्र बैंकले ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने , ३ बजेसम्म आवेदन दिनुपर्ने
ncell

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार आपतकालीन रूपमा बजारबाट थप ९० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। बैंकिङ प्रणालीमा नगद प्रवाह बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलनमार्फत प्रशोचन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा अत्यधिक तरलता थुप्रिएपछि १० दिनका लागि ९० अर्ब रुपैयाँ प्रशोचन गरिनेछ। यसमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।

Royal Enfield
nic asia capital

प्रशोचनमा ब्याजदर बोलकबोलमार्फत निर्धारण गरिने र साँवा तथा ब्याज भुक्तानी असोज १२ गते हुने राष्ट्र बैंकले जनाएको छ। यसका लागि सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा आह्वान रकमसम्म आवेदन दिन सक्नेछन्। तर आवेदन रकम ५ करोड रुपैयाँले भाग जाने गरी निर्धारण गर्नुपर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
579SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?