National life

आज ५ अर्बको ट्रेजरी बिल बोलकबोल गरिने, २ महिनामा ९० अर्ब आन्तरिक ऋण थप

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ असोज २०८१, सोमबार
1.4kShares
आज ५ अर्बको ट्रेजरी बिल बोलकबोल गरिने, २ महिनामा ९० अर्ब आन्तरिक ऋण थप
ncell

काठमाडौँ । आज सोमबार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सोमबार ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बोलकबोल गर्न लागेको जानकारी दिएको छ । बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट गरिने भएको छ। सोमबार बोलकबोल हुने ट्रेजरी बिल भने मङ्गलवार मात्रै निष्कासन हुने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदरमा समेत गिरावट आएको हो । अहिले सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल नै रहेको छ । चालु आर्थिक वर्ष सुरु भए यता सरकारले नयाँ ट्रेजरी बिलको बोलकबोल मार्फत २५ अर्ब आन्तरिक ऋण उठाइसकेको छ।

बैंकमा अधिक तरलता थुप्रिएपछि सरकारी ऋणपत्रको ब्याजदरमा समेत गिरावट आएको हो। वित्तीय प्रणालीमा अधिक तरलता र ब्याजदर कम भएसँगै सरकारले आन्तरिक ऋण उठाउने क्रमलाई तीव्रता दिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार साउन र भदौमा गरेर ९० अर्ब आन्तरिक ऋण र १४ अर्ब ५ करोड बाह्य ऋण थपिएको छ । २०८१ असार मसान्तसम्म २४ खर्ब ३१ अर्ब ३३ करोड रहेको सार्वजनिक ऋणको दायित्व भदौ मसान्तसम्म आइपुग्दा २५ खर्ब २८ अर्ब ६२ करोड पुगेको छ । यस अवधिमा तिर्न बाँकी ऋणको दायित्व ९४ अर्ब ५२ करोड थप भएको छ ।

यस अवधिसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण १२ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँ छ । बाह्य ऋण भने १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ छ। सरकारले चालु वर्षमा ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। त्यस्तै, २ खर्ब १७ अर्ब वैदेशिक ऋण आउने अनुमान गरेको छ। चालु आर्थिक वर्षमा ५ खर्ब ४७ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा भदौ मसान्तसम्ममा १ खर्ब ४ अर्ब ५ करोड ऋण प्राप्ति भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?