National life

३० अर्ब ३९ करोड आन्तरिक ऋण उठाउँदै सरकार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० वैशाख २०८१, सोमबार
1.4kShares
३० अर्ब ३९ करोड आन्तरिक ऋण उठाउँदै सरकार
ncell

काठमाडौं। सरकारले करिब ३० अर्ब ३९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उक्त ट्रेजरी बिल जारी गर्न लागेको हो।

२० अर्ब ४९ करोडको ट्रेजरी बिल नविकरण गर्न लागेको छ भने १० अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको छ। २८ दिन अवधिका लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो जेठ ८ गते परिपक्व हुनेछ । ९१ दिन अवधिका लागि ५ अर्ब ४९ करोड रुपैयाँको ट्रेजरी नवीकरण र ५ अर्बको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको छ।

यो साउन ८ गते परिपक्व हुनेछ। १८२ दिनका लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । यो कात्तिक ६ गते परिपक्व हुनेछ । १ वर्षको लागि ४ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको छ । यो २०८२ वैशाख ९ गते परिपक्व हुनेछ ।

मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे ट्रेजरी बिलको बोलकबोल हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ। सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?