National life

तरलता व्यवस्थापन गर्न ६० अर्ब तान्दै राष्ट्र बैंक, २ बजे बोलकबोल हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ पुस २०८१, आइतबार
1.4kShares
तरलता व्यवस्थापन गर्न ६० अर्ब तान्दै राष्ट्र बैंक, २ बजे बोलकबोल हुने
ncell

काठमाडौं । राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ६० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।

यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने बैंकको सूचनामा उल्लेख छ ।

यो २१ दिने निक्षेप संकलन उपकरणको पुस २८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?