National life

बैंकिङ प्रणालीमा तरलताको थुप्रो, निक्षेप ७६ खर्ब नजिक, कर्जा प्रवाहमा सुस्तता कायमै

max lubricant tata
Aarthik voice
Aarthik voice
८ महिना अगाडि|११ पुस २०८२, शुक्रबार
1.6kShares
बैंकिङ प्रणालीमा तरलताको थुप्रो, निक्षेप ७६ खर्ब नजिक, कर्जा प्रवाहमा सुस्तता कायमै
ncell

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन तीव्र रूपमा बढ्दै करिब ७६ खर्ब रुपैयाँ नजिक पुगेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ७५ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको हो।

राष्ट्र बैंकका अनुसार कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूमा मात्रै ६८ खर्ब २१ अर्ब रुपैयाँ संकलन भएको छ। विकास बैंक र फाइनान्स कम्पनीसहितका अन्य बैंक तथा वित्तीय संस्थाहरूमा भने ७ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

निक्षेप उल्लेख्य रूपमा बढे पनि कर्जा प्रवाह भने अपेक्षाअनुसार हुन सकेको छैन। केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूले हालसम्म कुल ५६ खर्ब ७९ अर्ब रुपैयाँ मात्रै कर्जा लगानी गरेका छन्। यसमध्ये वाणिज्य बैंकहरूले ५० खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् भने अन्य बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी ६ खर्ब २८ अर्ब रुपैयाँमा सीमित छ।

कर्जा माग सुस्त रहँदा बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था देखिएको छ। यही कारण राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट नियमित रूपमा रकम प्रशोचन (तरलता व्यवस्थापन) गर्दै आएको छ। अधिक तरलताका कारण बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) पनि क्रमशः घट्दै गएको छ। हाल बैंकहरूको औसत सीडी रेसियो ७४.१२ प्रतिशतमा झरेको छ।

तरलता प्रशस्त हुँदा अन्तरबैंक ब्याजदरसमेत घटेको छ। पछिल्लो तथ्यांकअनुसार अन्तरबैंक ब्याजदर २.७५ प्रतिशतमा सीमित भएको छ, जसले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम प्रशस्त भए पनि कर्जा विस्तार सुस्त रहेको अवस्थालाई संकेत गर्छ।

विश्लेषकहरूका अनुसार आर्थिक गतिविधि अपेक्षाकृत चलायमान नहुँदा कर्जा माग कमजोर देखिएको हो। साथै, लगानीकर्तामा मनोबल कमजोर बन्दै गएको कारण यस्तो अवस्थामा सृजना भएको र निक्षेप बढिरहँदा कर्जा विस्तार नभएको बैंकिङ क्षेत्रका विज्ञ भुवन दाहालले आर्थिक भ्वाइसलाई जानकारी दिएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?