National life

राष्ट्र बैंकद्वारा आज २० अर्ब रुपैयाँको निक्षेप संकलन, ब्याजदर बोलकबोलबाट निर्धारण हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०१ चैत २०८२, आइतबार
1.4kShares
राष्ट्र बैंकद्वारा आज २० अर्ब रुपैयाँको निक्षेप संकलन, ब्याजदर बोलकबोलबाट निर्धारण हुने
ncell

काठमाडौं । केन्द्रीय बैंकले २८ दिनको अवधिका लागि २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरेको छ। यस निक्षेपको ब्याजदर बोलकबोल प्रक्रिया मार्फत निर्धारण गरिने छ भने मूलधन तथा ब्याज भुक्तानी २०८२ चैत २९ गते हुने बताइएको छ।

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोड रुपैयाँसम्म आवेदन दिन सक्नेछन्। कुल आह्वान रकमभन्दा बढी आवेदन आएमा बाँडफाँड ब्याजदर अनुसार हुनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सबैभन्दा कम ब्याजदर भएका आवेदनलाई पहिलो प्राथमिकतामा राखेर बाँडफाँड गरिनेछ।

निक्षेप संकलनको लागि आह्वान गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियोमा समावेश हुने भए पनि, यस रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने जनाएको छ। तर, बैंकले निर्देशनअनुसार कायम राख्नुपर्ने सव लिक्विड रेजर्भ तथा तरलता अनुपातमा यसलाई गणना गर्न सकिनेछ।

 

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?