National life

एनसेलद्वारा १९ वटा सामाजिक परियोजनाका लागि आवेदन माग, समुदाय विकासमा करिब २ करोड योगदान गर्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०८ कात्तिक २०८१, बिहिबार
1.1kShares
एनसेलद्वारा १९ वटा सामाजिक परियोजनाका लागि आवेदन माग, समुदाय विकासमा करिब २ करोड योगदान गर्दै
ncell

काठमाडौं । एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरु गर्नका लागि आवेदन खुल्ला गरेको छ । एनसेलको १९औं वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहल अन्तर्गत, समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजनाहरू कार्यन्वयन गर्न फाउन्डेसनले योग्य संस्थाहरूलाई अनुदानको लागि आवेदन दिन खुल्ला गरेको हो ।

यस वर्षको ‘नाइन्टिन फर नाइन्टिन’ अनुदानले एनसेल फाउन्डेसन स्थानिय समुदायहरूलाई सशक्त बनाउन समर्पित रहेको प्रतिबद्धता पुनस् पुष्टि गरेको र यस पहल अन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य, जीविकोपार्जन सहयोग लगायतका क्षेत्रमा परियोजनाहरू लागु गरिने कम्पनीले जनाएको छ ।

‘नाइन्टिन फर नाइन्टिन’ पहल अन्तर्गत सात प्रदेशमा कुल १९ वटा परियोजना छानिने छन् र छनौटमा परेका प्रत्येक एक परियोजनालाई १० लाख अनुदान प्रदान गरिने कम्पनीले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पहलका लागि कुल योगदान १ करोड ९० लाखको हुनेछ । एनसेल फाउन्डेसनले गैर–नाफामूलक स्थानिय संघसंस्थाहरूलाई उनीहरूले कार्य गरिरहेका क्षेत्रमा रहेका चुनौतीहरू तथा समस्या समाधान गर्न अनुदान अर्थात परियोजना प्रस्ताव पेश गर्न आमन्त्रण गरेको हो ।

एनसेल फाउन्डेसनले स्पष्ट उद्देश्य, समुदायको सक्रिय सहभागिता, र परियोजनाको प्रभाव विस्तार हुने सम्भावना भएका परियोजनाहरूलाई प्राथमिकता दिने जनाउँदै एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन्, ‘एनसेल फाउन्डेसनमा हामी अर्थपूर्ण परियोजना मार्फत समुदायको विकास र परिवर्तनमा विश्वास गर्दछौं । हामी सामुदाय स्तरमा काम गरिरहेका संघसंस्थाहरूलाई यस परियोजनाको लागि आवेदन दिन प्रोत्साहन गर्दछौं ।’

उनले भनिन्, ‘नाइन्टिन फर नाइन्टिन पहल मार्फत, हामी झण्डै दुई दशकदेखि हाम्रो यात्रामा साथदिने हाम्रा समुदायहरूलाई लाभ हुने खालको सामाजिक परियोजनाहरु कार्यन्वयन गर्न प्रतिबद्घ छौ । यो पहलले स्थानिय स्तरमा महत्त्वपूर्ण र दिगो परिवर्तनहरू ल्याउन मद्दत पुर्याउने विश्वास लिएका छौं ।’

गतवर्षको ‘एटिन फर एटिन’ पहलले देशभर विभिन्न सामाजिक परियोजनाहरू सञ्चालन गर्न सहयोग गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस वर्षका परियोजनाहरुले समुदायलाई सशक्त बनाउँदै दिगो विकास लक्ष्यका उदेश्यहरु हाषिल गर्न लागि योगदान पुर्याउने उदेश्य राखेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?