National life
cg eloctronics

टीसीएलले सार्वजनिक गर्‍यो टी-२० विश्वकपलक्षित क्याम्पेनको दोस्रो चरणको विजेता

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०१ माघ २०८२, बिहिबार
930Shares
टीसीएलले सार्वजनिक गर्‍यो टी-२० विश्वकपलक्षित क्याम्पेनको दोस्रो चरणको विजेता
ncell

काठमाडौं । टीसीएल नेपालले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने टी-२० विश्वकपलाई लक्ष्य गर्दै सञ्चालन गरेको क्याम्पेनको दोस्रो चरणका विजेता सार्वजनिक गरेको छ।

उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले देशभर सञ्चालन गरिएको “नेपालको शान, मुम्बईको मैदान” अभियानअन्तर्गत भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दोस्रो चरणको विजेता टेकनाथ भण्डारी हुन्।

उनले मोडर्न डिजिटल इलेक्ट्रोनिक्स, पोखरा बाट TCL QLED टेलिभिजन खरिद गरी उक्त क्याम्पेनमा सहभागिता जनाएका थिए। यस योजनाअन्तर्गत विजेताले ४ रात ५ दिनको मुम्बई यात्रा सहित ऐतिहासिक वानखेडे स्टेडियम मा नेपाल राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यात्रासम्बन्धी हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च TCL नेपालले नै व्यहोर्ने जानकारी दिएको छ। कम्पनीका अनुसार TCL Washing Machine खरिद गर्दा ३ केजी Ariel डिटर्जेन्ट निःशुल्क प्रदान गरिनुका साथै निःशुल्क जडान (Free Installation) सुविधा दिइएको छ ।

त्यस्तै, TCL Air Conditioner खरिदमा निःशुल्क जडान (Free Installation) सुविधा दिइएको छ भने ४३ इन्च तथा सोभन्दा माथिका TCL टेलिभिजन खरिदमा NETTV को ९ महिनाको निःशुल्क सब्स्क्रिप्सन पनि उपलब्ध गराइएको छ। साथै, नागरिताको आधारमा EMI सुविधा र पुरानो सामान साटेर नयाँ किन्न सकिने Exchange अफर समेत लागू गरिएको कम्पनीले जनाएको छ।

क्याम्पेनमा सहभागी हुन SMS गर्ने तरिका यसप्रकार रहेको छ: Type: TCL [space] Warranty Card No. [space] Product Name [space] Customer Name [space] Address SMS पठाउने नम्बर: 31003 सीमित अवधिका लागि नेपालभर लागू गरिएको यस योजनामा अझै पनि आगामी चरणका विजेता बन्ने अवसर बाँकी रहेको टीसीएल नेपालले जनाएको छ। कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक बिक्रेताबाट टीसीएलका उत्पादन खरिद गरी समयमै SMS पठाउन आग्रह गरेको छ।

यो समाचार शेयर गर्नुहोस्
930SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?