National life
cg eloctronics

मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनमा दिपक मलहोत्राको नेतृत्वमा नयाँ कार्यसमिति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२२ असोज २०८३, बिहिबार
1.3kShares
मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनमा दिपक मलहोत्राको नेतृत्वमा नयाँ कार्यसमिति
muktinatha bikash bank

काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनको दशौं वार्षिक साधारण सभा आज काठमाडौंमा सम्पन्न भएको छ। साधारण सभाले दिपक कुमार मलहोत्राको अध्यक्षतामा नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गरेको छ।

साधारण सभाको प्रारम्भमा अध्यक्ष दिपक कुमार मलहोत्राले उपस्थित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गर्नुभएको थियो। त्यसपछि उपाध्यक्ष सञ्जय अग्रवालले एशोसिएसनको वार्षिक कार्यप्रगति विवरण तथा कोषाध्यक्ष प्रभाकर शम्शेर थापाले वार्षिक आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3

सभामा सदस्यहरुले एशोसिएसनको कार्यसम्पादन, मोबाइल फोन व्यवसाय क्षेत्रमा देखिएका समसामयिक चुनौती, व्यवसायीका साझा समस्या तथा एशोसिएसनको आगामी कार्यदिशाका सम्बन्धमा आफ्ना धारणा, सुझाव तथा विचारहरु प्रस्तुत गर्नुभएको थियो।

साधारण सभापछि सम्पन्न निर्वाचन प्रक्रियाबाट नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन भएको हो।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा सञ्जय अग्रवाल, सचिवमा प्रभाकर शम्शेर थापा तथा कोषाध्यक्षमा रक्षित कुमार भिमसारिया चयन हुनुभएको छ। त्यसैगरी, सञ्चालक सदस्यहरुमा सुनिल अग्रवाल, पुलकित भिमसारिया, नितेश कुमार मुन्द्रा, प्रज्ञात तिमिल्सिना र अनमित्र शर्मा सर्वसम्मत रुपमा चयन हुनुभएको छ।

everest bank

निर्वाचनपछि नवनिर्वाचित अध्यक्ष दिपक कुमार मलहोत्राले एशोसिएसनलाई सर्वसम्मत रुपमा नयाँ नेतृत्व प्रदान गर्न सहयोग गर्ने सम्पूर्ण सदस्य तथा पदाधिकारीहरुप्रति आभार व्यक्त गर्नुभयो। उहाँले मोबाइल फोन व्यवसायलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी र उत्तरदायी बनाउन तथा व्यवसायीका साझा समस्याहरुको समाधानका लागि सम्बन्धित सरकारी निकाय र सरोकारवाला पक्षहरुसँग प्रभावकारी समन्वय र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी, नवनिर्वाचित उपाध्यक्ष सञ्जय अग्रवालले एशोसिएसनको संस्थागत सुदृढीकरणसँगै मोबाइल फोन व्यवसाय क्षेत्रको दिगो विकास र व्यवस्थित बजार निर्माणलाई प्राथमिकतामा राखेर आगामी कार्य अघि बढाउने बताउनुभयो। उहाँका अनुसार मोबाइल फोनको वितरण प्रणाली तथा बजार व्यवस्थापनमा सुधार, अवैध पैठारी (ग्रे मार्केट) नियन्त्रण तथा MDMS को प्रभावकारी प्रवर्द्धन, छाता संगठनहरुसँग समन्वय तथा सहकार्य, व्यवसायीको हकहित संरक्षण र उपभोक्ता हितको प्रवर्द्धन एशोसिएसनका प्रमुख प्राथमिकता रहनेछन्।

उहाँले व्यवसाय क्षेत्रका चुनौतीहरु समाधान गर्न निजी क्षेत्र, सरकारी निकाय तथा सम्बन्धित सरोकारवालाबीच सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउँदै मोबाइल फोन व्यवसायलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन एशोसिएसनले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?