National life

एनसेलले ल्यायो ‘बिजनेस क्लाउडसुइट’, नेपाली रुपैयाँमै डोमेन र वेब होस्टिङ सुविधा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२७ साउन २०८३, बुधबार
1.2kShares
एनसेलले ल्यायो ‘बिजनेस क्लाउडसुइट’, नेपाली रुपैयाँमै डोमेन र वेब होस्टिङ सुविधा
ncell

काठमाडौं । एनसेलले व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा विभिन्न संघसंस्थालाई लक्षित गर्दै ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत ग्राहकले डोमेन दर्ता, वेबसाइट होस्टिङ र अनलाइन उपस्थितिको व्यवस्थापन एउटै प्लेटफर्मबाट गर्न सक्ने कम्पनीले जनाएको छ।

एनसेलका अनुसार नेपालमा व्यवसायहरू तीव्र रूपमा डिजिटल माध्यममा रूपान्तरण भइरहेका बेला स्थानीय रूपमा सहज पहुँच र व्यवस्थापन गर्न सकिने वेब पूर्वाधारको आवश्यकता बढ्दै गएको छ। यही आवश्यकतालाई ध्यानमा राखेर क्लाउडसुइट सेवा ल्याइएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

क्लाउडसुइटमा डोमेन दर्तासँगै नवीकरण, ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन व्यवस्थापन तथा केन्द्रीकृत डोमेन प्रशासनलगायतका सुविधा उपलब्ध हुनेछन्।

सेवाको मुख्य विशेषतामध्ये नेपाली रुपैयाँमै वेब होस्टिङ खरिद गर्न सकिने सुविधा पनि रहेको छ। यससँगै अन्तर्राष्ट्रिय होस्टिङ सेवा लिन विदेशी मुद्रा प्रयोग गर्नुपर्ने बाध्यता हट्ने कम्पनीको दाबी छ।

एनसेलले क्लाउडसुइटका लागि आधारभूत र प्रो गरी दुई प्याकेज सार्वजनिक गरेको छ। मासिक १ हजार रुपैयाँको आधारभूत प्याकेजमा ३ जीबी साझा भण्डारण, व्यावसायिक इमेल, एसएसएल प्रमाणपत्र, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा समावेश छन्।

त्यस्तै, मासिक २ हजार रुपैयाँको प्रो प्याकेजमा थप भण्डारण तथा डेटा स्थानान्तरण सुविधा, २० वटासम्म व्यावसायिक इमेल, १० वटा डेटाबेस र पाँच वटासम्म सबडोमेन उपलब्ध हुनेछन्। यसमा पनि एसएसएल प्रमाणपत्र, स्वचालित ब्याकअप तथा सुरक्षा सुविधा समावेश गरिएको छ।

एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओले क्लाउडसुइटले नेपाली व्यवसायलाई व्यावसायिक डिजिटल उपस्थिति निर्माण गर्न सहयोग पुग्ने बताए। स्थानीय पूर्वाधार, नेपाली रुपैयाँमा भुक्तानी र नेपालमै डेटा भण्डारण हुने भएकाले व्यवसायले आफ्नो डिजिटल सम्पत्तिमाथि थप नियन्त्रण कायम गर्न सक्ने उनको भनाइ छ।

कम्पनीका अनुसार क्लाउडसुइटको पहिलो चरणमा डोमेन र वेब होस्टिङ सेवामा केन्द्रित गरिएको छ। सेवामार्फत वेबसाइट होस्टिङ र ग्राहकको डेटा नेपालमै रहने भएकाले डेटा व्यवस्थापन तथा नियामकीय आवश्यकताहरू पूरा गर्न पनि सहज हुने एनसेलले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?