National life

अघोषित लोडशेडिङ हुँदा उद्योग बन्द हुने अवस्थामा, व्यवसायीमा निराशा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ चैत २०८०, आइतबार
715Shares
अघोषित लोडशेडिङ हुँदा उद्योग बन्द हुने अवस्थामा, व्यवसायीमा निराशा
ncell

काठमाडौँ- उद्योगीहरू, व्यवसायीहरूले चर्को लोडसेडिङका कारण उद्योग नै बन्द हुने अवस्थामा पुगेको गुनासो गरेका छन्।

नेपाल विद्युत् प्राधिकरणले विना जानकारी १५ घण्टासम्म बिजुली कटौती गरिरहेकाले उद्योगमा निकै समस्या परेको उद्योगीहरूको गुनासो छ। राष्ट्र बैंकको गलत नीतिका कारण २५ प्रतिशत उद्योग बन्द भएका र बाँकी रहेका उद्योगले पनि कुल क्षमताको ३० प्रतिशतमात्रै उत्पादन गरिरहेको अवस्थामा लोडसेडिङले गर्दा ३० प्रतिशत पनि उत्पादन नभएको प्राधिकरणको भनाई छ ।

अघोषित लोडशेडिङको समस्या तत्कालै समाधान नभएमा छोटो समयमै थुप्रै उद्योग बन्द हुने नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेस प्रदेशका अध्यक्ष अशोककुमार अग्रवालको भनाइ छ । उनले बरु लोडशेडिङको तालिका नै निकालिदिएमा आफूहरूलाई सजिलो हुने बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले राज्यले सही समयमा सही निर्णय लिन नसक्दा अझै केही वर्ष लोडशेडिङको समस्या समाधान नहुने बताएका छन्। जलविद्युत् आयोजनामा देखिएका समस्या समाधानमा तत्परता नदेखाउने र विद्युत् खरिदबिक्री सम्झौता ९पीपीए० नखुलाउनु नै अहिलेको समस्याको मुख्य कारण भएको कार्कीको भनाइ छ ।

‘जलविद्युत् क्षेत्रमा लगानी बढाउनुपर्‍यो, पीपीए खुलाउनुपर्‍यो, दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्‍यो, तब मात्रै हामीले ऊर्जा सङ्कटलाई पार लगाउन सक्छौँ । अहिलेकै अवस्थामा त केही वर्ष लोडशेडिङ नै हुन्छ’, कार्कीले भने।

गएको जेठदेखि कात्तिकसम्म झन्डै १४ अर्ब रुपैयाँको बिजुली भारतलाई बेचेको विद्युत् प्राधिकरण अहिले देशभित्रकै माग धान्न नसकेर हैरान भएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म सम्पन्न भएका आयोजनाबाट बर्खा याममा ३२ सय मेगावाटसम्म बिजुली उत्पादन हुन्छ तर सुक्खा समयमा भने उत्पादन घटेर १३ सय मेगावाट हाराहारीमा झरेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ, मधेस प्रदेशका अध्यक्ष अशोककुमार अग्रवालले अहिले एक त बजारमा माग कम भएर उद्योग पूर्ण क्षमतामा नचलेको र त्यसमा समेत अघोषित लोडसेडिङले गर्दा उद्योगी हैरान भएको  जनाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
715SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?