National life

आईपीओ निष्काशन तयारीमा रहेको झ्यामोलोङ्गमा हाइड्रो: बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ माघ २०८०, बिहिबार
1.2kShares
आईपीओ निष्काशन तयारीमा रहेको झ्यामोलोङ्गमा हाइड्रो: बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
ncell

काठमाडौँः झ्यामोलोङ्गमा हाइड्रोपावार डेभलपमेन्ट कम्पनी आईपीओ निष्काशनको तयारीमा छ ।

सोही कार्यको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ। कम्पनीले एक सय रुपैयाँ अकिंत दरको ५१ लाख कित्ता साधारण सेयर का लागि निष्काशन गर्न लागेको हो ।

त्यसभित्र आयोजना प्रभावित क्षेत्रका स्थानियवासीन्दा , नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समावेश गर्ने कम्पनीको जानकारी छ ।

उक्त सेयर निष्काशनको लागि कम्पनीको तर्फबाट कार्यकारी संचालक सुनिल नारायण श्रेष्ठ तथा एल एस क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा रहेको उक्त हाइड्रोको जारी पुँजी २ अर्ब ५५ करोड रुपैयाँ छ । झ्यामोलोङ्गमा हाइड्रोपावरले करुवा सेती हाइड्रोपावर आयोजना निर्माण कार्य करिब ९० प्रतिशत सम्पन्न गरिसकेको छ ।

उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भए पश्चात यसै आर्थिक वर्ष भित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना समेत कम्पनीको रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?